संघीय अस्पतालमा उपकरण अडिट अनिवार्य
प्रकाशित मिति
२०८२ असार २६ गते, बिहीबार ०६:४२
असार २६, २०८२ काठमाडौं । अब सबै संघीय अस्पतालले आफ्ना मेडिकल उपकरणहरूको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ। अस्पतालहरूमा रहेका उपकरणको अवस्था यकिन नभएको भन्दै मन्त्रालयले उपकरण लेखापरीक्षण अनिवार्य गर्ने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा सुरु भएको यो कार्यबाट बिग्रिएका उपकरणको विवरण संकलन, मर्मत तथा पुन: उपयोगमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। राष्ट्रिय आविष्कार केन्द्रमार्फत गरिएको अध्ययनमा झन्डै २४ करोड लागतका उपकरण २३ लाखमै मर्मत गर्न सकिएको देखिएपछि मन्त्रालयले उपकरण अभिलेख व्यवस्थापनमा कडाइ गर्न थालेको हो।

यसबाट उपकरणको मर्मत, सुरक्षा, र स्थानान्तरण प्रक्रिया सहज हुने विश्वास लिइएको छ।

Related
Recent News
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
- कृष्णभीर अवरोधपछि ग्यास आपूर्तिमा साल्ट ट्रेडिङको नयाँ पहल
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया