• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

बर्षाको कारण नभई रसुवामा हिमताल फुटेर बाढी आएको आशंका

प्रकाशित मिति

२०८२ असार २४ गते, मंगलवार ०२:५२

असार २४, २०८२ काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा सोमबार राति आएको विनाशकारी बाढीको सम्भावित कारणबारे प्रारम्भिक अध्ययन गर्दै जल तथा मौसम विज्ञान विभागले हिमताल फुटेको आशंका गरेको छ। विभागले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा चिनियाँ भूभागमा भारी वर्षाको प्रमाण नभएको जनाउँदै बाढीको स्रोत हिमताल हुनसक्ने अनुमान गरिएको हो।

National Life

विभागको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक रूपमा यो बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन। भोटेकोशी नदी जलाधारको तिब्बत क्षेत्रमा थुप्रै हिमतालहरू रहेका छन्, जसका कारण हिमताल फुट्ने सम्भावनाबाट बाढी आएको हुनसक्छ।”

बाढीको वास्तविक कारण पहिचान गर्न र प्रभावित क्षेत्रको प्रभाव मूल्यांकन गर्न विभागले आज बिहान ९ बजे “सेन्टिनेल एसिया” प्लेटफर्ममार्फत तत्कालको भूउपग्रह तस्बिर माग गर्दै इमर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

टिमुरे क्षेत्रको भन्सार यार्ड, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याउने गरी आएको बाढीले हालसम्म १८ जनालाई सम्पर्कविहीन बनाएको छ। बाढीको स्रोत र सम्भावित जोखिम अझ प्रस्ट पार्न वैज्ञानिक तथा प्राविधिक विश्लेषण जारी रहेको विभागले जनाएको छ।

प्रतिकृया