• २१ असोज २०८३, बुधबार
  • ५ः०० बिहान

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ०४:४३

असार २३, २०८२ काठमाडौं । गृहमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिरहेका रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच आज भेटवार्ता सम्पन्न भएको छ।

National Life

स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा गृहमन्त्री लेखकले दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपालको विकास, निर्माण तथा शान्ति प्रक्रियामा स्वीटजरल्याण्डले पुर्‍याएको सहयोगको प्रशंसा गरेका थिए।

भेटमा दुवै पक्षबीच विकास, आर्थिक सहकार्य, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन लगायतका विषयमा छलफल भएको र आगामी दिनमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा सहमति बनेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया