• २१ असोज २०८३, बुधबार
  • ५ः०० बिहान

भोलिदेखि चल्ला उत्पादन र बिक्री पूर्ण बन्द

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार ०५:५८

असार २२ , २०८२ काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले साउन २२ गते सोमबारदेखि साउन २८ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। संघको शुक्रबार बसेको भेलाले मागभन्दा बढी उत्पादन, मूल्य नपाएको समस्या, र बिक्री नहुँदा घाटा भइरहेको भन्दै यस्तो निर्णय लिएको हो।

National Life

संघ अध्यक्ष लक्ष्मीदास श्रेष्ठका अनुसार हाल साप्ताहिक माग २०–२२ लाख चल्ला मात्र भए पनि उत्पादन ३०–३५ लाख पुगिरहेको छ। मूल्य नपाएपछि किसानले चल्ला गाड्नुपर्ने अवस्था आएको छ। नेपाल पोल्ट्री महासंघले पनि संघको निर्णय किसानका हितमा भएको जनाएको छ। पोल्ट्री क्षेत्रमा १ खर्ब ६० अर्ब लगानी भए पनि राज्यको ध्यान नपुगेको व्यवसायीको गुनासो छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया