• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

ग्लोबल आईएमई ‘समुन्नत योजना २’ म्युचुअल फन्डका इकाई आजदेखि निश्कासन

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार ०९:०८

काठमाण्डौ – ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज(असार २२ गते)देखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाईको बिक्री खुलाएको छ । यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ सहितको व्यवस्था गरिएको छ ।

National Life

यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखेको दाबी गरिएको छ ।

मुख्य विशेषताहरू

Classic Tech Mobile
Classic Tech Desktop

–योजनाको प्रकारः बन्दमुखी योजना

–फन्ड नामः ग्लोबल आइएमई म्युचुअल फन्ड

–योजना नामः ग्लोबल आइएमई समुन्नत योजना २

–कोष आकारः प्रारम्भिक रू १.२० अर्ब (अत्यधिक माग भएमा रू १.५० अर्बसम्म)

–प्रति इकाई मूल्यः रू. १०

–सर्वसाधारणमा निष्कासन गरिने इकाइहरूः १२ करोड इकाई

–न्यूनतम लगानीः १०० इकाई

–अधिकतम लगानीः योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई

–योजना अवधिः इकाई बाँडफाँड मितिदेखि १० वर्ष

–लाभांश नीतिः प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनः लगानी

–सूचीकरणः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीबद्ध

–प्रारम्भिक लगानीः १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)

–व्यवस्थापन शुल्कः नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत

–डिपोजिटरी शुल्कः नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

लगानी मिश्रण

–इक्विटीरइक्विटी सम्बन्धी साधनहरूः ७०–९० प्रतिशत (उच्च जोखिम)

–ऋणपत्रः निश्चित आम्दानी साधनहरूः ०–१० प्रतिशत (मध्यम जोखिम)

–फिक्स्ड डिपोजिटः ०–१० प्रतिशत (न्यून जोखिम)

–नगदरआईपीओरअन्य म्युचुअल फन्डः ०–१० प्रतिशत (न्यून जोखिम)

किन गर्ने लगानी ?

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रतिकृया