• २१ असोज २०८३, बुधबार
  • ५ः०० बिहान

भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि

प्रकाशित मिति

२०८२ असार २१ गते, शनिबार ११:५५

असार २१ , २०८२ वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै ५२ अर्ब ५८ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६१३ प्रतिशतले वृद्धि हो। गत आवमा सोही अवधिमा ७ अर्ब ३७ करोडको मात्र आयात भएको थियो।

National Life

भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, भटमासको कच्चा तेल प्रशोधन गरी पुनः निर्यात गर्ने क्रम बढेको छ। चालु आवमा ५५ अर्ब ३ करोड मूल्य बराबरको २५ करोड लिटर बढी प्रशोधित तेल निर्यात भएको छ।

त्यस्तै, सूर्यमुखीको कच्चा तेलको आयात ९ अर्ब ७५ करोड पुग्दा, ८ अर्ब ४० करोड मूल्य बराबरको ३ करोड ८८ लाख लिटर प्रशोधित तेल निर्यात भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया