• २१ असोज २०८३, बुधबार
  • ५ः११ बिहान

३७३ व्यक्तिको बैंकमा एक प्रतिशतभन्दा बढी शेयर : गभर्नर पौडेल

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार ०२:३६

असार १९, २०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशका विभिन्न बैंक तथा वित्तीय संस्थामा ३७३ जनासँग एक प्रतिशतभन्दा बढी प्रमोटर शेयर रहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा बोल्दै गभर्नर पौडेलले वाणिज्य बैंकमा ७२ जना, विकास बैंकमा १३० जना र फाइनान्स कम्पनीमा १७१ जनासँग प्रमोटर शेयर रहेको तथ्यांक सार्वजनिक गरे।

National Life

संस्थापक सेयरको स्वामित्व हस्तान्तरणबारे लचिलो धारणा राख्दै गभर्नर पौडेलले दुई प्रतिशतभन्दा बढी शेयर स्थानान्तरण गर्न राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुने व्यवस्था ऐनमा राख्ने कि नराख्ने भन्ने विषयमा नीतिगत छलफल हुनसक्ने बताए।

“अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा कति प्रतिशत भन्ने कुरा ऐनमै कडाइ गर्नुभन्दा राष्ट्र बैंकलाई नै लचिलो अधिकार दिनुपर्नेबारे छलफल हुनसक्छ,” गभर्नर पौडेलले भने।

Classic Tech Mobile
Classic Tech Desktop

उनले वित्तीय प्रणालीमा पारदर्शिता र अनुशासन कायम गर्न, कारोबारहरू निगरानीमा राख्नुपर्ने र निजी स्वार्थको संलग्नता न्यूनीकरण गर्नुपर्नेमा जोड दिए। साथै, बैंक तथा वित्तीय संस्थामा रहेको ७० खर्ब रुपैयाँ कुनै व्यक्तिको निजी सम्पत्ति नभई मुलुकको समग्र अर्थतन्त्रको स्रोत भएको पनि उनले प्रस्ट पारे।

प्रतिकृया