• ४ साउन २०८३, सोमबार
  • ८:०२ बेलुका

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा गरिन् फिर्ता

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार ०३:२४

असार १८, २०८२ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने निवेदन गृह मन्त्रालयलाई दिएको जानकारी प्राप्त भएको छ। आजकै मितिबाट लागू हुने गरी उनी सेवासुविधा फिर्ता गरेकी छन्। उनको निकट स्रोतले भन्यो, “पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ता गर्ने निवेदन भइसकेको छ र आजबाट सेवा सुविधा फिर्ता गर्ने प्रक्रिया पनि सुरु गरिएको छ।”

भण्डारीले गत असार १४ गते औपचारिक रूपमा नेकपा एमालेमा पुन: सक्रिय हुने घोषणा गरेकी थिइन्। उनले आफ्नो पार्टी सदस्यता पनि नवीकरण गराएकी छन्। उनका यो निर्णयसँगै नेकपा एमालेमा नयाँ नेतृत्वको सम्भावना र बहस पनि सुरु भएको छ। पूर्वराष्ट्रपतिका रूपमा विगतमा सेवा दिइसकेको भण्डारीको यस नयाँ राजनीतिक सक्रियताले आगामी राजनीतिक परिदृश्यमा के कस्तो प्रभाव पर्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

Kamana Sewa

प्रतिकृया