राष्ट्रिय सभालाई राज्य व्यवस्था समितिको गडबडी सच्याउन आग्रह
प्रकाशित मिति
२०८२ असार १८ गते, बुधबार ०४:१६
असार १८, २०८२ काठमाडौं । प्रतिनिधिसभा राज्य, व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा देखिएको गडबडी सच्याउन राष्ट्रिय सभालाई आग्रह गर्ने निर्णय गरेको छ।
बुधबार समितिको कार्यकक्षमा बसेको बैठकले विधेयकको उपदफा ४ ले दिएको व्यवस्था र भावनालाई कुठराघात गर्ने गरी थपिएको उपदफा संसद्मा पारित भएकाले समितिको प्रतिवेदनको बुँदा ४३ मा आवश्यक संशोधन गर्न राष्ट्रिय सभालाई आग्रह गर्ने निर्णय गरिएको सभापति रामहरि खतिवडाले जानकारी दिए।

सभापति खतिवडाका अनुसार, विधेयकको उपदफा ४ लाई निष्क्रिय बनाउने गरी थपिएको उपदफा ५ राख्नु नपर्ने भएकाले समितिले कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा पारित प्रतिवेदनअनुसार संशोधन गर्न आग्रह गरेको हो। समितिले सो अनुरोध गर्दै उक्त व्यवस्थालाई यथावत राख्न हार्दिक अनुरोध गरेको उनले बताए।

यस निर्णयले निजामती सेवा विधेयकको व्यवस्थामा स्पष्टता ल्याउँदै संसद्को भावना अनुरूप संशोधन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।




प्रतिकृया