• १ असोज २०८३, बिहीबार
  • ११ः४० बिहान

मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालको केही नजिक : सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०९:००

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज (सोमबार) र राति पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेकाले देशभर सामान्य बदली रहनेछ।

National Life

आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।

त्यसैगरी, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया