• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

इन्डोनेशियालाई नेपालले ३७० रनले हरायो

प्रकाशित मिति

२०८२ असार १५ गते, आईतवार ०२:३९

काठमाडौं– एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गरेको हो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो ।

नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए । पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रसिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।

Kamana Sewa

प्रतिकृया