• २१ असोज २०८३, बुधबार
  • ५ः१९ बिहान

सर्वोच्च न्यायाधीश सिफारिसमा तीनजनाविरुद्ध सात उजुरी

प्रकाशित मिति

२०८२ असार १२ गते, बिहीबार ०१:१५

असार १२ , २०८२ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरिएका तीन जना विरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन्। समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार पाँच उजुरी व्यक्ति केन्द्रित र दुई उजुरी सुनुवाइ प्रक्रियासँग सम्बन्धित छन्।

National Life

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज बसेको समितिको बैठकमा सभापति न्यौपानेले उजुरीबारे जानकारी दिइन्। तर, उजुरीहरूमा के विषय उठाइएको छ भन्नेबारे खुलाइएको छैन। समितिले उजुरीकर्ताहरूलाई शुक्रबार बिहान ११:३० बजे बस्ने बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको छ। न्यायपरिषद्को बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

उनीहरूसँग संसदीय सुनुवाइ समितिले असार १५ गते आइतबार मध्यान्ह १२:15 बजे सुनुवाइ गर्ने निर्णयसमेत गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया