मतदाता नामावलीमा नाम छुटेकालाई दर्ता गर्न आयोगको आह्वान
प्रकाशित मिति
२०८२ असार १२ गते, बिहीबार ०१:४७
असार १२ , २०८२ काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको तयारीस्वरूप मतदाता नामावलीमा नाम छुटेका नागरिकलाई दर्ता गराउन आग्रह गरेको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार जारी विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन्। उनका अनुसार उपनिर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य स्थगित हुने भएकाले योग्य व्यक्तिहरूले तत्काल नाम दर्ता गर्न आह्वान गरेका हुन् ।
“निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले नाम छुटेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नाम दर्ता गराउन आयोग हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।

हाल प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभा अन्तर्गत मनाङ १(२) तथा स्थानीय तहका १३ पद रिक्त रहेका छन्।आयोगले असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग आगामी कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्तावसहित छलफल गरिसकेको छ। उपनिर्वाचनको मिति भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ।





प्रतिकृया