• १ असोज २०८३, बिहीबार
  • १२ः०६ दिउँसो

विकास हाइड्रोपावरले असार १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार १०:२०

असार १ , २०८२ काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १८ गतेदेखि सर्वसाधारणमा शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने भएको छ ।पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

National Life

आफ्नो जारी पूँजीको ४९ प्रतिशतका दरले आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा कुल कित्तामध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार ५ गते बाँडफाँड गरेको थियो। यी बाहेक कम्पनीले ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिसकिएको जनाएको छ।

यसरी अन्त्यमा बाँही रहेको २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो। यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म माग गरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा असार ३२ गतेसम्म लम्बिने भनिए तापनि असार २२ गतेभित्रै पर्याप्त आवेदन परिसक्ने निश्चित जस्तै छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर प्रयोग गरेर आवेदन दिन सकिनेछ।

प्रतिकृया