• १ असोज २०८३, बिहीबार
  • १२ः४९ दिउँसो

गर्मीले अण्डा उत्पादन घट्यो, मूल्यमा वृद्धि

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार १०:४९

असार १ , २०८२ चितवन ।  अत्यधिक गर्मीका कारण देशभर अण्डा उत्पादनमा २५ प्रतिशतले गिरावट आएको छ। उत्पादन घटेपछि माग धान्न नसकिँदा मूल्य बढेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।

National Life

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार चितवनमा फार्म मूल्य ठूलो साइजको अण्डा प्रतिक्रेट ४८० र मझौला ४५० रुपैयाँ निर्धारण गरिएको छ, जसमा रु ३० वृद्धि भएको हो। होलसेल मूल्यअनुसार प्रतिकार्टुन (सात क्रेट)क्रमशः ३५४० र ३३३० कायम गरिएको छ।

कृषि विश्वविद्यालय रामपुरका डा. अनन्त दाहालका अनुसार गर्मी, आर्द्रता र रोगका कारण कुखुराले दाना कम खाँदा उत्पादन घटेको हो।राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठले चितवनका ५० फार्ममा H9 भाइरसको सङ्क्रमण देखिएको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

गर्मी, ढुसीजन्य आहार र रोगका कारण धेरै किसानले माउ कुखुरा बेच्नुपरेको र नयाँ चल्ला राख्न नसक्दा उत्पादन झनै घटेको हो।

प्रतिकृया