• १ असोज २०८३, बिहीबार
  • ५ः१५ बेलुका

गण्डकी प्रदेशमा बजेटप्रति असन्तुष्टि: माओवादी सांसदले रोष्ट्रममै बजेट किताब च्याते

प्रकाशित मिति

२०८२ असार ९ गते, सोमबार ०१:१८

असार ९ , २०८२ पोखरा । गण्डकी प्रदेशसभामा बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्। उनले म्याग्दी जिल्लामा बजेट विनियोजनमा गरेको अन्यायको आरोप लगाउँदै उक्त कदम चालेका हुन्।

National Life

जुग्जालीले गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा म्याग्दी जिल्लाका लागि नयाँ योजनाको नाममा साढे तीन करोड रुपैयाँ छुट्याइएको भए पनि त्यसमा नेपाली कांग्रेस र नेकपा (एमाले)का योजनाहरू मात्र समावेश भएको दाबी गरे। उनले भने, “म्याग्दीका दुईवटै प्रदेशसभा क्षेत्रबाट माओवादीकै सांसदहरू निर्वाचित छन्, तर दुई वर्षदेखि निरन्तर उपेक्षा भइरहेको छ।”

सभामुखको अनुमति लिएर बजेट पुस्तक च्यात्ने घोषणा गर्दै जुग्जालीले रोष्ट्रममै बजेटप्रति विरोध प्रदर्शन गरे। उनले भौतिक र अर्थमन्त्रीलाई म्याग्दी भ्रमण गर्न आग्रह गर्दै भने, “यदि तपाईंहरूलाई म्याग्दीको भूगोल थाहा छैन भने, मेरै खर्चमा गुर्जादेखि नारच्याङ हुँदै दारखोला सम्म घुमाउँछु।”

Classic Tech Mobile
Classic Tech Desktop

उनी आक्रोशित हुँदै थपे, “भौतिक मन्त्री ज्यू, मेरो र माननीय हरि भण्डारीको दुई करोड पनि फिर्ता लैजानुस्। दुई वर्षदेखि म्याग्दीलाई अन्याय भइरहेको छ, यस्तो बजेटको किताब हाम्रो लागि निरर्थक छ। च्यात्न चाहन्छु।”

जुग्जालीले बजेटमा सत्तापक्षभित्रै पनि “उकुसमुकुस” रहेको भन्दै, बजेटले सबै क्षेत्रको समुचित प्रतिनिधित्व नगरेको आरोप लगाए। “यो बजेट सत्ताको मात्रै होइन, आम जनताको प्रतिनिधित्वविहीन छ। त्यसैले अर्थ मन्त्रालयको बजेट बहिष्कार गर्दछु,” उनले भने।

प्रतिकृया