भारत भ्रमणमा व्यस्त रास्वपा सांसदहरू
प्रकाशित मिति
२०८२ असार ९ गते, सोमबार १२:३१
असार ९ , २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सोविता गौतम र हरि ढकाल हाल भारत भ्रमणमा छन्। रारास्वपाका सांसद सोविता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम. वेंकैया नायडूसँग बैंगलोरमा अनौपचारिक भेटवार्ता गरेका छन्। भारतको कर्नाटक राज्यको बैंगलोरमा आयोजित प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सहभागी हुन गएका सांसदद्वयले नायडूसँग भेट गरेका हुन्।

भेटवार्तामा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध पक्षहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयमा छलफल भएको सांसद गौतमले जानकारी दिइन्। उनले भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दृष्टिकोण, उद्देश्य र अभियानबारे पनि संक्षिप्त जानकारी गराएको उल्लेख गरेकी छन्।

सांसद गौतमका अनुसार यो भेटवार्ता पूर्णतः अनौपचारिक थियो। उनले नायडूको आत्मीयता, अनुभव र विचारप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिन्।




प्रतिकृया