• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

यि विषय छलफल गर्न आज दुई संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८२ असार ८ गते, आईतवार १०:०७

असार ८, २०८२ काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका एक एक संसदीय समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि  समितिमा सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।  त्यस्तै अपराहन्न २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को मस्यौदा  प्रतिवेदनमाथि  छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।  

Kamana Sewa

प्रतिकृया