एक करोड बढीका अवैध गहनासहित जना पक्राउ
प्रकाशित मिति
२०८२ असार ७ गते, शनिबार ०२:४५
असार ७, २०८२ काठमाडौं । भारतबाट अवैध रुपमा ल्याएर सुनका गरहगना नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४९ वर्षीय न्यू प्रताप नगर जिटी रोड अमृतसर–१ पञ्जाबका कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक कास्की प्रहरीले जानकारी दिएको छ । भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री गर्ने गरेको पाइएको छ ।
दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन् । पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा । विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थिए ।
उनीहरुको साथबाट ८२ तोला बढी सुनचाँदीका गरहगना फेला परेका छन् । दुवै जना सुनको काम गर्ने भएकाले उनीहरुले गहना ल्याएर नेपाली बजारमा बिक्री गर्ने सल्लाह गरेको पाइएको छ ।








प्रतिकृया