• ३ असोज २०८३, शनिबार
  • १२ः१६ दिउँसो

टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

प्रकाशित मिति

२०८२ असार ६ गते, शुक्रबार ०९:३०

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र स्कटल्यान्डबीच हुने अन्तिम खेल शुक्रबार (आज) साँझ ७ः४५ बजे सुरु हुनेछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

National Life

अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमदले अवसर पाइरहेका छन्। नेदरल्यान्डसविरुद्धको खेलमा भीम सार्कीले बिहीबार टी-२० मा डेब्यु गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

तीन टोलीबिच लिग-२ को सिरिजपछि टी-२० सिरिज भएको हो। लिग-२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो।

प्रतिकृया