• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड 

प्रकाशित मिति

२०८२ असार ५ गते, बिहीबार १२:५८

असार ५, २०८२ काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले गत जेठ ६ गतेदेखि आईपीओ निष्काशन गरेको थियो, जसअन्तर्गत जम्मा जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये स्थानीयका लागि ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको शेयर निष्काशन गरिएको हो। 

उक्त आईपीओ प्रतिशेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता रहेको छ। आयोजना प्रभावित क्षेत्रभित्र गोरखा जिल्लाको धार्चे गाउँपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरूलाई उक्त सेयर बाँडफाँड गरिएको हो। अति प्रभावित क्षेत्रअन्तर्गत वडा नं. ४ र ५ का लागि ३ लाख ६३ हजार ६४० कित्ता शेयर बाँडफाँड गरिएको छ। त्यस्तै, प्रभावित क्षेत्रअन्तर्गत वडा नं। १, २, ३, ६ र ७ का लागि ५ लाख ४५ हजार ४६१ कित्ता सेयर बाँडफाँड गरिएको हो।

Kamana Sewa

प्रतिकृया