सशस्त्र महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रकाशित मिति
२०८२ असार ४ गते, बुधबार ०३:३४
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार ४ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ असार २ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन् ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका गणेश बहादुर ठाडा मगरलाई हार्दिक बधाई दिनुहुँदै बढुवासँगै थपिएको पदीय जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।








प्रतिकृया