• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि विवरण संकलन शुरु

प्रकाशित मिति

२०८२ असार ४ गते, बुधबार ११:३९

असार ४, २०८२ काठमाडौं । इजरायलस्थित नेपाली दुताबासले इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशन गर्न शुरु गरेको छ । दुताबासले ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि सूचना संकलनको काम शुरु गरेको जानकारी दिएको छ । 

दुताबासले प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरुले आफ्नो नाम दर्ता गर्न आग्रह गरेको छ । गत शुक्रबारपछि इजरायल र इरानबीच शुरु भएको युद्धका कारण ठुलो संख्यामा इजरायलमा रहेका नेपालीको अवस्था बारे चिन्ता व्यक्त गरिएको छ । दुताबासले अहिलेसम्म भने सबै नेपाली सुरक्षित रहेको बताएको छ । सरकारी आँकडामा हाल इजरायलमा ५५ सय नेपाली रहेका छन् भने इरानमा १२ जना नेपाली रहेका छन् । 

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया