अर्थमन्त्री पौडेल र नाडाका पदाधिकारीबीच भेटावार्ता, यस्तो भयो छलफल
प्रकाशित मिति
२०८२ असार २ गते, सोमबार ०६:०६
असार २, २०८२ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल (नाडा) का पदाधिकारीबीच भेटावार्ता भएको छ । आज अर्थमन्त्री पौडेलसँग नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले भेटावार्ता गरेका हुन् ।
भेटमा नाडाका अध्यक्ष चौधरीले अर्थमन्त्री पौडेललाई आउँदो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औँ संस्करणको ‘नाडा अटो शो–२०२५’ को प्रमुख अतिथिका रूपमा उद्घाटन गरिदिन आग्रह गरे । अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोबाइल क्षेत्रलगायत समग्र निजी क्षेत्रमैत्री बजेट आएको बताए ।

यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारीसाधन मेनुफेक्चरिङ उद्योग खोल्ने तयारी भइरहेकाले यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्ने, मेनुफेक्चरिङ उद्योगलाई थप सुविधा उपलब्ध गराउनुपर्ने र नीतिमा स्थिरता ल्याउनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री पौडेलले नाडाको राखेको नाडा अटो शो उद्घाटनको आग्रहलाई स्वीकार गर्दे नेपालका अटोमोबाइल व्यवसायीहरूले धेरैभन्दा धेरै राजस्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए ।




प्रतिकृया