• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

४६ प्रतिशतले बढ्यो निर्जीवन बीमा दावी बक्यौता

प्रकाशित मिति

२०८२ जेष्ठ ३१ गते, शनिबार ०७:१५

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने बीमा दावी भुक्तानी उच्च अंकले बढेको छ । हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनीको दावी भुक्तानी बक्यौता ३० अर्ब रुपैयाँ नाघेको बीमा प्राधिकरणले जनाएको छ ।

National Life

निर्जीवन बीमा कम्पनीहरुले चालु आवको बैशाख महिनासम्म आफ्ना बीमितहरुलाई तिर्नु बुझाउनुपर्ने कुल बक्यौता रकम ३० अर्ब ३३ करोड बीमा दावी भुक्तानी दिन बाँकी रहेको नेपाल बीमा प्राधिकरण ले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता गत आर्थिक वर्षको बैशास मसान्तसम्मको अवधिको तुलनामा ४६ दशमलव ८९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षमा २० अर्ब ६४ करोड रुपैयाँ बीमा दावी बक्यौता रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

गत आवको असोज महिनामा आएको बाढी पहिरोले काठमाडौं लगायत देशभरीका भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । जसले गर्दा निर्जीवन बीमा कम्पनीहरुमा अर्बौै रुपैयाँको बीमा दावी थपिएको थियो ।

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा एक लाख १३ हजार ९३७ वटा बीमा दावी वापत १८ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले सम्पत्ति, हवाई, कृषि तथा पशुपन्छी तथा इन्जिनियर ठेक्का जोखा क्षेत्रका बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीहरुले गत आर्थिक वर्षको बैशाख महिनासम्ममा एक लाख १८ हजार ३१२ वटा बीमा दावी वापत १३ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी दिएको थियो । गत आर्थिक वर्षको तुलनामा बीमा दावी भुक्तानी रकम ३४ दशमलव ८० प्रतिशतले बृद्धि भएको छ ।

प्रतिकृया