• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

अहमदाबाद विमान दुर्घटनामा सबैको मृत्यु, बेलायती नागरिक मात्र बाँच्न सफल

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार १०:४४

काठमाडौं । भारतको अहमदाबादबाट लण्डन ग्याटविकतर्फ उडेको एयर इण्डिया विमान दुर्घटनामा परेको छ। दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि एयर इण्डियाले गरेको छ। तर, तीव्र गतिमा ध्वस्त भएको विमानबाट एक मात्र बेलायती नागरिक विष्वाशकुमार रमेश जीवितै निस्किएको पुष्टि भएपछि घटनाले विश्वभर आश्चर्य उत्पन्न गराएको छ।

National Life

उनका दाजु नयनकुमार रमेशले बीबीसीलाई जानकारी दिँदै भने, “उहाँ आफैंलाई थाहा छैन कसरी बाँच्नुभयो। उहाँ विमानबाट आफैं बाहिर निस्कनुभयो, र अहिले अस्पतालमा हुनुहुन्छ।”

एयर इण्डियाका अनुसार, विमानमा सवार १६९ भारतीय र ५२ बेलायती नागरिकसहित सम्पूर्ण चालकदलको ज्यान गएको हो। विष्वाशकुमारका अर्को दाजु अजयरमेश पनि सोही विमानमा रहेकोले परिवारमा अझै चिन्ता व्याप्त छ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतका गृहमन्त्री अमित शाहले अस्पताल पुगेर विष्वाशकुमारसँग भेट गरेका छन्। उनको अनुहारमा चोट देखिएको भए पनि उनी बोल्न सक्ने अवस्थामा थिए।
चिकित्सक धवल गमेतीका अनुसार, “उहाँको शरीरभर चोटहरू छन् तर ज्यान भने खतराबाट बाहिर छ।”

विमान टेक अफ गरेको करिब १ मिनेटमै चिकित्सक प्रशिक्षार्थीहरूको छात्रावासमा ठोक्किएको थियो। बेलायती राजा चार्ल्स, बेलायती प्रधानमन्त्री सर केयर स्टार्मर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दुर्घटनाले गहिरो पीडा दिएको बताएका छन्।

प्रतिकृया