• ४ साउन २०८३, सोमबार
  • ९:१६ बेलुका

आजै ४ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार १०:४९

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो । बिहीबार सुनको मूल्य एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Kamana Sewa

प्रतिकृया