• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

इरानमाथि आक्रमणपश्चात कच्चा तेलको मूल्य आकस्मिक भारी बृद्धि

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार १०:२३

काठमाडौं । आज बिहान इजरायलले इरानमाथि गरेको भीषण आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अचानक तीव्र वृद्धि भएको छ। हङकङ र सिंगापुरको बजारमा तेलको मूल्यमा उल्लेख्य उछाल देखिएको हो।

National Life

हालसम्म कच्चा तेलको मूल्यमा ७ प्रतिशतभन्दा बढीको वृद्धि भइसकेको छ। इरान विश्वको प्रमुख कच्चा तेल निर्यातकर्ता मुलुकमध्ये एक हो, र मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आपूर्तिमा अवरोध आउने आशंका बढेसँगै मूल्यमा यस्तो बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा अहिले क्रुड आयलको मूल्य प्रति ब्यारेल ७४.६५ अमेरिकी डलर पुगेको छ, जुन हिजो ६९.३६ डलर मात्र थियो। विश्लेषकहरूका अनुसार हालको दरले मूल्य निरन्तर बढ्दै गएमा प्रति ब्यारेल १०० डलर नाघ्न सक्ने सम्भावना उच्च छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया