• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

आजदेखि हिम स्टार उर्जाको आईपीओ निष्कासन

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार ०९:१९

काठमाडौं । आजदेखि हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

National Life

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको सेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ८६ लाख ५० हजार रुपैयाँ १ लाख ८६ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा- ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा- २, साविक गोली गाविस वडा(१, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै ९३ लाख २५ हजार रुपैयाँको ९३ हजार २५० कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । आईपीओमा असार १३ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिकृया