• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार १०:५३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । आजदेखि ९ हजार ७०२ कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको बैंकले एक सूचना जारी गर्दै बताएको छ ।

National Life

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै उक्त सेयरमा खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया