• २१ असोज २०८३, बुधबार
  • ६ः२२ बिहान

चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किन्

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार १२:४१

काठमाडौं। चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छन्। एमाले नेताहरू र मन्त्रीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेठ १० गते चीन प्रस्थान गरेकी थिइन्।

National Life

भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्च नेताहरूसँग भेटवार्ता गरिन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार, भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाएको छ।

भण्डारीले अन्तर्राष्ट्रिय मञ्चमा मुख्य वक्ताको रूपमा सम्बोधन गरेकी थिइन्। भ्रमण टोलीमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, मन्त्री भण्डारी, एमाले नेता कर्ण थापा लगायत सहभागी थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया