• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज फेरि एकैपटक रु.७० अर्ब खिच्दै

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज निक्षेप संकलनमार्फत ७० अर्ब रुपैयाँ झिक्ने भएको छ। राष्ट्र बैंकले २० दिनका लागि यो रकम संकलन गर्न लागेको हो।

National Life

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन सक्नेछन्। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी असार ८ गते हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकले पछिल्लो समय प्रणालीमा उच्च तरलता देखिएको भन्दै त्यसको व्यवस्थापनका लागि समय–समयमा यस्ता उपायहरू गर्दै आएको छ।

प्रतिकृया