• ५ साउन २०८३, मंगलबार
  • १२:३९ बिहान

ट्रेड टावरको आईपीओमा आवेदन दिने समय थप

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ११:५४

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ। यो आईपीओमा आवेदन दिने आज अन्तिम दिन भएता पनि आइतबार भोटो देखाउने जात्राको लागि उपत्यकाभित्र सार्वजनिक बिदा दिएकोले आवेदन दिने समय थप गरिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया