• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

सार्वजनिक सवारी बन्दपछि प्रहरीद्वारा उपत्यकामा बस सञ्चालन

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ११:३५

काठमाडौँ । सार्वजनिक सवारी साधन बन्द भएपछि यात्रुहरू मर्कामा परेका छन्। यस्तो अवस्थामा काठमाडौं उपत्यकामा नेपाल प्रहरीले सर्वसाधारणका लागि बस सञ्चालन गर्ने निर्णय गरेको छ।

National Life

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार अप्ठ्यारोमा परेका यात्रुहरूलाई गन्तव्यमा सहज रूपमा पु¥याउने उद्देश्यले दुई वटा बस सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

सार्वजनिक यातायात व्यवसायीहरूले राइड सेयरिङ सेवाको विरोधमा सवारी साधन ठप्प पारेपछि राजधानीका सडकहरूमा यात्रुहरू अलपत्र परिरहेका छन्। बिहानैदेखि विभिन्न स्थानमा गाडीको प्रतीक्षामा यात्रुहरू लामबद्ध छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले उपलब्ध गराउने बस सेवा कुन रूटमा सञ्चालन हुनेछ भन्ने विषयमा थप विवरण आउने क्रममा रहेको बताइएको छ। अत्यावश्यक सेवा, विद्यार्थी तथा वृद्धवृद्धा र महिलालाई प्राथमिकता दिइने जनाइएको छ।


प्रतिकृया