• २१ असोज २०८३, बुधबार
  • ६ः३० बिहान

गान्सुमा पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

प्रकाशित मिति

२०८२ जेष्ठ १७ गते, शनिबार ०३:५२

काठमाडौं । चीनको गान्सु प्रान्तमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच शनिबार भेटवार्ता सम्पन्न भएको छ। चीन भ्रमणमा रहेकी भण्डारीको यो भेटवार्ता सबैभन्दा महत्त्वपूर्ण भएको नेताहरूले बताएका छन्।

National Life

पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलको यो भ्रमण राजनीतिक तथा कूटनीतिक दृष्टिले विशेष रूपमा अर्थपूर्ण मानिएको छ। भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख ल्यु च्यानशाओ लगायत उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरिसकेकी छन्।

भण्डारी गत जेठ १० गतेदेखि चीनको भ्रमणमा रहेकी छन्। उक्त भ्रमणमा नेकपा एमालेका नेताहरू मात्र सहभागी छन्। भ्रमण टोलीमा एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्न तथा पार्टीगत सम्बन्ध विस्तार गर्ने उद्देश्यसहितको यो भ्रमणलाई राजनीतिक विश्लेषकहरूले विशेष चासोका साथ हेरिरहेका छन्।

प्रतिकृया