• २१ असोज २०८३, बुधबार
  • ६ः३० बिहान

एकाएक रोकियो अख्तियारका डीआईजीको सरुवा

प्रकाशित मिति

२०८२ जेष्ठ १७ गते, शनिबार ०८:४८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब महानिरीक्षक(डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा नहुने भएको छ ।

National Life

शुक्रबार दिउँसो गृहमन्त्री स्तरीय निर्णयबाट डीआईजी श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गर्दै नवनियुक्त डीआईजी ओम बहादुर रानालाई अख्तियारमा पदस्थापन गरिएकोमा केही घण्टापछि उक्त निर्णय उल्टिएको हो ।

प्रहरी अधिकारीहरूको सरुवा नियमित प्रक्रिया भए पनि अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका बेला डीआईजी श्रेष्ठको सरुवाले व्यापक चर्चा पाएको थियो । सोही विवादका बीच सरुवा निर्णय उल्ट्याउँदै श्रेष्ठलाई अख्तियारमै यथावत् राखिएको छ भने रानालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया