• २१ असोज २०८३, बुधबार
  • ६ः२९ बिहान

बजेट कार्यान्वयनमा शंका नगर्नुस्: अर्थमन्त्री पौडेल

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार ०२:१३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट कार्यान्वयन हुनेमा शंका नगर्न सबैलाई आग्रह गरेका छन्। बिहीबार बजेटबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अर्थ मन्त्रालयले आजैदेखि कार्ययोजना कार्यान्वयनमा लाग्ने जानकारी दिए।

National Life

अर्थमन्त्री पौडेलले आगामी आवमा पुँजीगत खर्च वृद्धि गरिएको जानकारी दिँदै १७ प्रतिशत राजस्व वृद्धि लक्ष्य निर्धारण गरिएको बताए। “जसरी पनि यो लक्ष्य हासिल गरिन्छ,” मन्त्री पौडेलले दृढता व्यक्त गरे।

आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशत उठाउने गरी योजना बनाइएको पनि उनले जानकारी दिए। “विकास आयोजनामा वैकल्पिक वित्तको व्यवस्था गरिएको छ,” मन्त्री पौडेलले भने, “स्वदेशी र विदेशी लगानीबाट पूर्वाधार निर्माण गरिनेछ।”

Classic Tech Mobile
Classic Tech Desktop

उनले ३ कराेडकाे मापदण्डभित्र रहेर बजेट विनियाेजन गरिएकाे पनि उनले उल्लेख गरे। “३ करोड तलका आयोजना ल्याइएको छैन,” उनले भने, “आयोजना निर्माणका लागि खरिद प्रक्रियाको लागि साउन १ गते कुर्नु पर्दैन।”

बजेट निजी क्षेत्रलाई उत्साहित पार्ने गरी ल्याइएको मन्त्री पौडेलले दाबी गरे। बिहीबार उनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए।

प्रतिकृया