• २१ असोज २०८३, बुधबार
  • ६ः३८ बिहान

प्रधानमन्त्रीले गरे प्रचण्डलाई फोन, लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने प्रचण्डको जवाफ

प्रकाशित मिति

२०८२ जेष्ठ १४ गते, बुधबार ०१:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार प्रचण्डलाई फोन बार्ताभएको जनाएको छ ।

National Life

प्रधानमन्त्रीले फोनमा गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणबारे सदनमा बोल्न दिन आग्रह गरेका थिए । तर, प्रचण्डले आफूहरू अडानप्रति स्पष्ट रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ फर्काएको जनाएको छ ।

बिहान प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। उक्त भेटवार्तापछि गृहमन्त्री लेखकले संसदमा बोल्ने निष्कर्ष निकालेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया