आजपनि आधा घण्टालाई स्थगित भयो प्रतिनिधिसभाको बैठक
प्रकाशित मिति
२०८२ जेष्ठ १४ गते, बुधबार ०१:२४
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा संसद् बैठक चल्न दिने सहमति भएको थियो ।
बैठक सुरू हुनेबित्तिकै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका सांसदहरूले उभिएर अवरोध गरेका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गरेका छन् ।
निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको हो ।
मंगलबार पनि प्रतिपक्षीको अवरोधपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । छलफलपछि बैठक अहिले दिउँसो १ बजे बसेको हो । पहिलो पटक सूचना टाँस गरेर तय गरिएको समयावधिमा पनि दलहरूबीच सहमति नजुटेपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।








प्रतिकृया