• २१ असोज २०८३, बुधबार
  • ६ः५९ बिहान

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

प्रकाशित मिति

२०८२ जेष्ठ ६ गते, मंगलवार ०६:२५

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट गरेका छन् । महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।

National Life

‘प्रधानमन्त्रीसँग भेट गरी ज्ञापन पत्र बुझायो, भेटमा खानेपानी क्षेत्रमा देखिएका समस्याबारे छलफल भयो, महासंघका तर्फबाट प्रधानमन्त्रीलाई खानेपानी उपभोक्ताले तिर्नुपर्ने करमा छुट, विद्युत महशुलमा छुट, नगर विकास कोषलाई तिर्नुपर्ने ऋणको भार कम र खानेपानी उभोक्ता समितिलाई स्वयत्तता बनाउने सवालमा ज्ञापनपत्रमार्फत जानकारी गराएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस क्रममा प्रधानमन्त्री ओलीले खानेपानी क्षेत्रका तत्काल गर्न सकिने दीर्घकालीन रुपमा गर्ने छनोट गरेर सम्बोधन बचन दिए। कर छुटको विषयमा अर्थ मन्त्रीसँग छलफल गरी प्रष्ट हुने प्रधानमन्त्रीको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसबाहेक महासंघका प्रतिनिधि मण्डलले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङसँग भेट गरेको थियो । सत्ता साझेदारी दल नेपाली कांग्रेसका शक्तिशाली नेताहरू खड्का र गुरुङले खानेपानी क्षेत्रमा देखिएका समस्याबारे संसददेखि सरकारका तर्फबाट आफूहरूले साथ दिने बताए ।

यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलसँगको भेटमा खानेपानी क्षेत्रका समस्याबारे छलफल गरी समस्याको समाधान गर्न माग गरेका थिए ।

प्रतिकृया