• ४ साउन २०८३, सोमबार
  • ९:२४ बेलुका

नवलपरासी अदालतका कम्प्युटर अपरेटर दुई लाख घुससहित पक्राउ

प्रकाशित मिति

२०८२ बैशाख २५ गते, बिहीबार ०८:३९

वैशाख २५, २०८२ काठमाडौँ: नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले घुसरकमसहित नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर चोकबाट बुधबार पक्राउ गरेको हो ।

राम लखनले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भन्दै सो घुस लिएको अख्तियारले जनाएको छ । हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया