• 6:56 am

पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो

प्रकाशित मिति

२०८२ बैशाख २५ गते, बिहीबार ०८:४६

वैशाख २५, २०८२ काठमाडौँ: पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ ।

भारतीय सेनाले दिएको जानकारी अनुसार सीमापारीबाट भएको गोलीवारीमा अहिलेसम्म १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको छ।

जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको सेनाले बताएको छ ।

मंगलबार राति, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन् ।

प्रतिकृया