• 9:05 am

जम्मु कश्मिरमा मारिएका नेपाली न्यौपाने परिवार लिएर घुम्न गएका थिए

प्रकाशित मिति

२०८२ बैशाख १० गते, बुधबार १२:४४

वैशाख १०, २०८२ काठमाडौँ: भारतको जम्मु-कश्मिर आतंकवादी हमलामा मारिएका नेपाली युवाको ठेगाना खुलेको छ । जम्मू – कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा बुटवल उपमहानगरपालिका–१४ का सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको हो ।

वडाअध्यक्ष दधिराम न्यौपानेले उक्त आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन् । सुदीप दधिरामका भतिज पर्छन् ।

सुदीप शनिबारमात्रै घुम्न भनेर घरबाट निस्किएका थिए । ‘गएको शनिबार घुम्न गएको थियो । आमालाई पनि लगेको थियो, छोरी ज्वाइँ पनि सँगै थिए । त्यस्तो दुस्खद घटना भयो,’ वडाध्यक्ष न्यौपानेले भने ।

सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । यस्तै हमलामा नेपालकी रेनु पाण्डे पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया