कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
प्रकाशित मिति
२०८२ बैशाख ९ गते, मंगलवार १०:३१

वैशाख ९, २०८२ काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुन लागेको कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन गर्ने निर्णय गरेको हो ।
देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला बोर्डले पूर्वनिर्धारित समयमा नै परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।
बोर्डले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बोर्डले शिक्षकले परीक्षा संचालन गर्न सहयोग नगरे अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा संचालन गर्ने निर्णय गरको हो ।
बोर्डले यसअघि यही वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।
प्रतिकृया