न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु
प्रकाशित मिति
२०८१ चैत्र २९ गते, शुक्रबार १०:३९

चैत्र २९, २०८१ काठमाडौँ: अमेरिकाको न्यूयोर्क शहरमा एक हेलिकप्टर हडसन नदीमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा हेलिकप्टरमा सवार सबै ६ जना यात्रुको मृत्यु भएको सिएनएनले जनाएको छ ।
अधिकारीहरूले हेलिकप्टरमा पर्यटकहरूको एक परिवार रहेको बताएका छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । न्यु योर्क शहरका मेयर एरिक एडम्सले परिवारका पाँच जना स्पेनका थिए भने छैटौं व्यक्ति पाइलट थिए ।
न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइन् । मृतकका परिवारलाई सूचित नगरिएसम्म पीडितहरूको पहिचान खुलासा नगरिने बताइएको छ ।
यस दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा ठोक्किएको देखिन्छ । हेलिकप्टरले डाउनटाउन स्काईपोर्टबाट उडान भरेको थियो ।
प्रतिकृया