• २६ भदौ २०८३, शुक्रबार
  • ६ः२६ बिहान

हुम्ला हुलाकका प्रमुख ढकालले करोडौंको भ्रष्टाचार गरेः लक्ष्मी ऐडी

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार ०३:१३

चैत्र २८, २०८१ काठमाडौँ: हुलाक सेवा विभाग हुम्लाका निमित्त अधिकृत शंकर प्रसाद ढकालले करोडौंको भ्रष्टाचार गरेको सामाजिक आभियान्ता लक्ष्मी ऐडीले आरोप लगाएकी छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ढाकालले विगत एक दशक भन्दाबढी समय हुम्लामा बसी भ्रष्टाचार गर्दा पनि सम्बन्धीत निकायले उजुरीसमेत नलिएको गुनासो गरेकी हुन् ।

National Life

ऐडीका भिनाजु जगवीर रोकायालाई जोगाउने नाममा ११ लाख बढी घुस खाएको प्रतिनिधी उदाहरणको प्रमाण पेस गर्दै ऐडीले भनिन्,“एक दशकमा शंकर ढकालले हुलाक कार्यालयका कर्मचारीहरुबाट विभिन्न शिर्षकमा घुष खाएका छन् ।”

ढकालले हुम्ला हुलाक कार्यालयलाई मिलेमतोमा कमाई खाने भाडो बनाएको आरोप लगाउँदै ऐडिले भनिन्,“जिल्लाका उच्च नेता तथा व्यक्तिहरुसँगको मिलेमतोमा पार्टी कार्यकर्ता तथा आफन्तहरुलाई कागजी भर्ति गर्ने तर, पारिश्रमीक रकम भने आफैले लिएर नीतिगत भ्रष्टाचार गर्दै आएका छन्, यस विषयमा सम्बन्धित निकायले उजुरी नै लिन मान्दैनन् ।”

Classic Tech Mobile
Classic Tech Desktop

ढकालले आफूलाई दिइएको अधिकार र अख्तियारीको दुरुपयोग गर्दै सो कार्यालय अन्तरगतका हुलाकी, हल्कारा र अतिरिक्त हुलाक कर्मचारीका दरबन्दी किन–बेच गरी ब्यापारिकरण गरेको ऐडीको आरोप छ । आफूहरुले शंकर ढकालको गलत रवैयाविरुद्ध प्रमाणसहित हुलक सेवा विभाग, सञ्चार मन्त्रालय र समान्य प्रशासन मन्त्रालयमा समेत उजुरी दिदा पनि कसैले पनि सुनुवाई नगरेका गुनासो गरिन् । ऐडीले शंकर ढकाललाई हुम्लाबाट तत्तकाल सरुवा मात्रै नभएर उनलाई बर्खास्त गर्नु पर्ने माग राख्दै भनिन्,“ढकालले करोडौं अनियमिताता गर्नुभएको छ, उहाँलाई जागिरबाट बर्खास्त गरी ससम्पत्ति छानविन गर्नु माग गर्दछु ।”

हुलाक कार्यालय हुम्ला अन्तरगतका पीडत कर्मचारीहरुको तलब शंकर ढकालबाटै अशुल उपर गर्नसमेत सम्बन्धित निकायसँग ऐडीले माग गरिन् । शंकर ढकाललाई संरक्षण गर्ने हुलाक सेवा विभिग, सञ्चार मन्त्रालय तथा उनलाई बारम्बार हुम्लै थमौती गर्ने संघीय मामिला तथा सामान्य प्रशासान मान्त्रलयका कर्मचारी विरुद्ध पनि मुद्धा हाल्ने ऐडीले चेतावनी दिईन् ।

हुम्ला हुलाकबाट ११ पटकसम्म सरुवा गर्दा पनि हरेक पटक उही कार्यालयमा फर्किनुको मुख्य रहस्य नै मिलेमतो र नीतिगत भ्रष्टाचार गर्नका लागि भएको ऐडीको आरोप छ । ढकालले राज्यको करौंडको सम्पत्तिको दोहन गरिरहेको विषयमा हुम्लाका हरेक राजनीतिक दलाका उच्च नेताहरुलाई जानकारी भएपनि उनैलाई संरक्षण रहेको जिकिर गरिन् । हुम्ली जनतालाई हुलाकको कर्मचारी नियुक्त गर्ने र काममा लगाउने तर पारिश्रमीक नदिएको गुनासो आफूहरुसँग आएको बताउँदै भनिन्,“पीडितहरुलाई काममा लगाउने तर काम गरेका छैनौं भनेर थोरै मात्रै तलब दिने तर बाँकी सबै आफै खाने गरेका रहेछन्, यो अति भयो ।”

प्रतिकृया