• २६ भदौ २०८३, शुक्रबार
  • ५ः३७ बिहान

अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर बजेट ल्याइनेछ : अर्थमन्त्री पौडेल

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार ०२:५०

चैत्र २८, २०८१ काठमाडौँ: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् ।

National Life

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रूपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताए ।

पौडेलकाअनुसार संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकंक्षालाई पूरा गर्ने दिशामा सरकार अग्रसर हुनेछ । सांसदहरूको भूमिका विधि निर्माणसँगै विकास निर्माणमा समेत रहने बताउँदै पौडेलले विकास निर्माण र विधि निर्माणलाई समन्वयात्मक हिसाबले अघि बढाउनुपर्नेमा जोड दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले बजेटलाई यथार्थपरक बनाउन अर्थ मन्त्रालयल लागिरहेको बताए । उनले रकामान्तर गर्नका लागि पनि पहिल्यै ठुलो बजेट माग गर्ने प्रवृत्ति रहेको बताए । बजेटमा तयारी नपुगेका योजनाहरू राख्दा समस्या भइरहेको उनको भनाइ छ ।

प्रतिकृया