• २६ भदौ २०८३, शुक्रबार
  • ४ः४५ बिहान

वार्तामा बस्न सहमत भए आन्दोलनरत शिक्षक

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार ०२:२२

चैत्र २८, २०८१ काठमाडौँ: शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा रहेका शिक्षक र सरकारबिच आज साँझ ५ बजे वार्ता हुने भएको छ ।

National Life

शिक्षा मन्त्रालयले शिक्षकलाई वार्ताका निम्ति चार पटक औपचारिक आमन्त्रण गरे पनि उनीहरूले अस्वीकार गर्दै आएको अवस्थामा पहिलो पटक वार्ता हुन लागेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने छलफलमा शिक्षकका तर्फबाट आन्दोलन संयोजक नानुमाया पराजुलीको संयोजकत्वमा नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघलगायतका नेतृत्वकर्ता छलफलमा बस्दै छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र मन्त्रालयका सचिवद्वय छलफलमा बस्ने तालिका छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भने, ‘हाम्रा माग यी हुन्, यी माग पूरा गरे हामी सडकबाट फर्किन्छौँ भन्ने स्पष्ट पार्न आज छलफलमा बस्न लागेका हौँ ।’

शिक्षा ऐन जारी गराउनु नै शिक्षकको अहिलेको मुख्य माग भए पनि त्यसका लागि सरकारसँग वार्तामा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

प्रतिकृया