• 4:10 pm

मुम्बईलाई हराउदै चेन्नईको आइपिएलमा विजयी शुरुवात

प्रकाशित मिति

२०८१ चैत्र ११ गते, सोमबार ०७:३८

चैत्र ११, २०८१ काठमाडौँ: जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य पछाएको चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईको जितमा रचिन रवीन्द्रले अविजित ६५ र कप्तान रुतुराज गायकवाडले आक्रामक ५३ रन बनाएका थिए ।

यसअघि टस हारेर २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईको लागि तिलक बर्माले सर्बाधिक ३१, कप्तान सूर्यकुमार यादवले २९ र दिपक चहरले २८ रन बनाएका थिए । त्यस्तै चेन्नईका नूर अहमदले ४ विकेट लिएका थिए ।

प्रतिकृया