• 4:03 pm

सुनको मूल्यमा भारी वृद्धि

प्रकाशित मिति

२०८१ चैत्र १ गते, शुक्रबार ११:५७

चैत्र १, २०८१ काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रति तोला ४ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार सुन एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधार चाँदी तोलाको २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया